‘जलवायु परिवर्तनको जोखिममा परेका मुलुकहरूका लागि कोषले काम गरिरहेको छ’

काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिना जोर्जिभा जलवायु परिवर्तनका कारण जोखिममा परेका मुलुकहरूको अनुकूलका लागि कोषले काम गरिरहेको बताएकी छन् ।

दुबईमा जारी विश्व जलवायु सम्मेलनका क्रममा आयोजित ‘दिगो वित्तीय प्रवर्द्धनमार्फत जलवायु परिवर्तनको सामना गर्न गरिने प्रयास’ सम्बन्धी छलफलमा प्रबन्ध निर्देशक जोर्जिभाले प्रकृति, वातावरण र जलवायुका लागि कोषले सबै मुलुकहरूसँग समन्वय गरिरहेको बताइन् ।

कोषले गरेका प्रतिबद्धताहरू पूरा गर्ने गरेको उल्लेख गर्दै उनले विकसित मुलुकहरूले कार्बन उत्सर्जन घटाउने विषयमा पनि काम भइरहेको जानकारी दिइन् । विश्वसनीय तथ्यांकविना कुनै पनि काम गर्न नसकिने भएकाले यसका लागि अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर काम गरिरहेको उनको भनाइ छ ।

उक्त सत्रमा मनिटरी अथोरिटी अफ सिंगापुरका प्रबन्ध निर्देशक रवि मेनन तथा राष्ट्रसंघका लागि जलवायु कार्य र वित्तसम्बन्धी विशेष दूत मार्क कार्नीले पनि जलवायु परिवर्तनको सामना गर्न भएका प्रयासबारे धारणा राखेका थिए ।

सम्मेलनका क्रममा आज ‘पेरिस सम्झौतामा लैङ्गिक समानता,’ ‘महिला नेतृत्वमा जलवायु समाधान,’ ‘आणविक केन्द्रको सुरक्षामा जलवायु परिवर्तनका चुनौती’ तथा ‘सन् २०३० सम्ममा ऊर्जा दक्षता तेब्बर पार्ने’ लगायतका विषयमा छलफल भएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics