किन सौराहाको बजार बिचबाटै हिंड्नथाले गैंडाहरू ?

काठमाडौं – सडक किनारका पसल खुल्ला छन् । मानिसहरू हिंडिरहेका छन् । सडक कालोपत्रे गरीएको छ । अनि, सवारी र मानिसको आवतजावत हुने त्यहीँ सडकमा निर्धक्क हिंडिरहेको छ एकसिँगे गैंडा । दृश्य हो चितवनको पर्यटकीय क्षेत्र सौराहाको । र, यो दृश्य कैद गरेको हो बीबीसी अर्थले ।

बीबीसी अर्थले गैंडा बिच सडकबाट हिडिरहेको दुई तस्बिर राखेर आफ्नो सामाजिक सञ्जाल फेसबुक, एक्स र इन्टाग्राममा लेखेको छ, ‘यी ठूला एकसिङ्गे गैँडाका लागि जंगली बासस्थान भएका क्षेत्रहरू अहिले सहरीकरण भएका छन् । त्यसैले नेपालको सौराहामा, गैँडाहरू व्यस्त सडकहरू भएर सहरको अर्को छेउमा घाँस खानको लागि हिंडिरहेको देख्न सकिन्छ ।’



हो, अवस्था यस्तै छ । अहिले गैंडा हिँड्ने र चर्ने ठाउँ अतिक्रमण भएका छन् । चरनक्षेत्र मासिँदा उनीहरू गाउँ र सहर हुँदै अर्को क्षेत्रमा पुग्नुपर्ने अवस्था छ । यो गैँडा लगायत वन्यजन्तु सँगै स्थानीय मानिसका लागि पनि जोखिमको अवस्था हो । यसले दुबैलाई क्षति पुर्याउँदै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics