पूर्वी नेपालमा ‘मिचोङ्ग’ सामुद्रिक आँधीको प्रभाव अझै, के हुन्छ असर ?
- नेचर खबर
काठमाडौं - पूर्वी नेपालमा आज वर्षा र हिमपातको सम्भावाना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचौंग नाम दिइएको सामुद्रिक आँधीकोसमेत आंशिक प्रभाव छ ।
दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।
भोलि (बिहीबार) कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने छ भने कोशीकै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस