आजको मौसम : बढ्यो चिसो, कोशीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - आंशिकदेखि सामान्य बदली भई आज कोशी प्रदेशमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यत: सफा रहेको छ। काठमाडौंको आकाश बिहानैदेखि हुस्सेले ढाकेको छ । यद्यपि, पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ भने कोशीकै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।

राति पनि कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशीकै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने छ ।

महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics