ध्रुवे हात्तीको दाह्रा चट्, घाँटीमा जोडियो रेडियो कलर

चितवन - ध्रुवे हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले घाँटीमा रेडियो कलर जोडेको छ ।

चितवनको मध्यवर्ती क्षेत्रमा आतंक मच्चाउँदै आएको ध्रुवे हात्तीलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बेहोस पारेकाे थियाे ।
ध्रुवेलाई कब्जामा लिन पोथी हात्तीलाई जंगल क्षेत्रमा छाडेको थियो । पोथी हात्ती देखेपछि आएको ध्रुब्रेलाई नजिकैबाट प्राविधिकहरुले औषधिसहितको सुई हानेपछि बेहोस भएको थियो ।

१५ मिनेटमा बेहोस भएको हात्तीको दारा काँटेर घाँटीमा रेडियो कलर जोडिएको थियो । डा. विजयकुमार श्रेष्ठ, डा. अमिर सडौला, डा. किरण रिजालसहितका चिकित्सकको टोलीले ध्रुब्रेको जाँच गरेका थिए । दाह्रा लामो देखेपछि प्राविधिकहरुको सल्लाहमा काटिएको थियो ।

दाह्रा काट्न र रेडियो कलर जोड्न करिब एक घण्टा लागेको थियो । त्यसपछि निकुञ्जका प्राविधिकहरुले एन्टी डोज दिएको केही समयपछि हात्ती उठेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । एन्टी डोज हान्नेबित्तिकै ध्रुवे जुरुक्कै उठेपछि प्राविधिकहरु भागेका थिए ।

रेडियो कलर जोडेपछि ध्रुवे कुन क्षेत्रमा बसेको छ भन्ने थाहा हुने र सो अनुसार पूर्वसूचना समुदायलाई दिन र हात्ती धपाउन सजिलो हुनेछ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा झण्डै २२ जनाको ज्यान लिएको ध्रुवे हात्तीमा रेडियाे जडान गरिएकाे याे सहित ३ पटक भयाे ।

यसअघि बस्तीमा लगातार जस्तो मान्छे मारेपछि २०७६ सालमा निकुञ्जले ध्रुवे हात्तीलाई मार्ने प्रयास पनि गरेको थियो । सेना परिचालन गरेर मार्ने प्रयास गरे पनि निकुञ्जले मार्न सकेको थिएन । ध्रुवेलाई २०६९ मंसिर ६ मा पहिलो पटक र २०७७ सालमा दोस्रो पटक रेडियो कलर जोडिएको थियो । लगाएको दुबैपटकको रेडियो कलर ध्रुब्रेले फालेपछि अहिले तेस्रोपटक जोडिएको हो ।

विज्ञका अनुसार, बाठो भएकाले फालिदिन पनि सक्छ, रुखमा लगेर ठोकिदियो भने जान पनि सक्छ। यसपटक भने चार पाँच बर्षसम्म रहन सक्ने दावी गरिएकाे छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics