नेपालबाट यस्तो देखियो उल्का वर्षा

काठमाडौं - मंसिर १८ देखि सुरू भएको मिथुन उल्कावर्षा नेपालको आकाशबाट पनि देखिएको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)ले बिहीबार राति नेपाली आकाशमा देखिएको मिथुन उल्का वर्षाको तस्बिर सार्वजनिक गरेको छ।

नासोका अध्यक्ष सुरेश भट्टराईले नगरकोट आसपासबाट मिथुन उल्का वर्षाको दृश्य प्रष्ट देखिएको जानकारी दिएका छन्।

मंसिर १८ देखि सुरू भएको उल्का वर्षा गएराति अत्यधिक सक्रिय भएकाले नेपाली आकाशबाट पनि प्रष्ट देखिएको हो।

मिथुन उल्का वर्षा पुस १ गतेसम्म सक्रिय रहनेछ। नासोका अनुसार अत्यधिक सक्रिय भएको समयमा प्रतिघण्टा १५० वटा सम्म उल्का वर्षा भएको देख्न सकिन्छ।

(नगरकोटबाट गएराति ११:३६ बजे देखिएको मिथुन उल्कावर्षा। तस्बिरः ओशन शर्मा कट्टेल/नासो)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics