आजको मौसम : केही प्रदेशमा आंशिक बदली, गण्डकीमा हिमपात

काठमाडौं - हाल पहाडी भूभागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा भने हुस्सु/कुहिरो लागेको छ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

भोलि (सोमबार) केही प्रदेशमा आंशिक बदली हुनेछ भने बाँकी स्थानको मौसम सफा रहने पूर्वानुमान छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ ।

मंगलबार पनि केही प्रदेशमा आंशिक बदली हुनेछ । बाँकी क्षेत्रको मौसम सफा रहनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics