वर्षाका कारण ७००० भन्दा बढी श्रीलङ्काली प्रभावित

कोलम्बो - श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरण अनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २ हजार २ सय ७१ परिवारका सात हजार ६१ जना प्रभावित भएका छन् ।

पानीको सतह बढ्दै गएपछि नदी आसपासका तल्लो भागमा बाढी आउने खतरा रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक सुदन्थ रणसिङ्घेले शनिबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा सम्भावित जोखीम बढे प्रभावित क्षेत्रका मानिहरूलाई सुरक्षित क्षेत्रतर्फ लगिने छ।

यसैबीच, श्रीलङ्काको मौसम विज्ञान विभागले शनिबार साँझ पश्चिमी, सबरागामुवा, दक्षिणी, उत्तर-पश्चिमी र पूर्वी प्रान्तहरूमा भारी वर्षा जारी रहने र १०० मिलिमिटरभन्दा बढी भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics