काठमाडाैं महानगर र डब्लूसीएनबीच समझदारी

काठमाडौ - काठमाडाैं महानगरपालिका र वन्यजन्तु संरक्षण संघ (डब्लूसीएन) नेपालसँग संघसँग समझदारी भएको छ । राष्ट्रिय सभा शनिवार वन्यजन्तु संरक्षण संघ (डब्लूसीएन) नेपालसँगको सहकार्यमा गृहमा इको मेला आयोजना गरिएको थियो ।

मेलामा सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि गरेका प्रयासहरु प्रदर्शन गरिएका थिए । मेला आयोजना गर्न नर्थ अमेरिकन एशोसिएसन फर इन्भारोमेन्ट एजुकेसनले सहयोग गरेको थियो ।

मेलाको उद्घाटन सत्रमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रयोगात्मक शिक्षा नै जीवन उपयोगी हुने बताउँदै विद्यालय उमेरका बालबालिकालाई व्यवहारिक ज्ञान र सिप दिने नीतिअनुरुप महानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको बताइन। ‘सिक्नु र सिकेको सिप प्रयोग गर्नु फरक फरक कुरा हुन् । सिकेको कुरा प्रयोगमा ल्याउन सक्ने क्षमता विकास भयो भने मात्र सिकाइ प्रभावकारी हुन्छ । यसका लागि हामीले काम गरिरहेका छौँ । यस्ता धेरै कार्यक्रममध्ये वातावरण संरक्षणको व्यवहारिक ज्ञान दिने कार्यक्रम हरित विद्यालय कार्यक्रम हो ।’ डंगोलको भनाइ थियो । कार्यक्रममा उनले ६ वटा नमुना हरित विद्यालयका प्रधानाध्यापक, सम्पर्क शिक्षक र विद्यार्थीहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

यस सत्रमा नमुना हरित विद्यालय कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । महानगरपालिकाभित्रका दरबार हाइ स्कूल, रानीपोखरी, कन्या मन्दिर हाइ स्कूल, क्षेत्रपाटी, नेपाल युवक मा. वि., पकनाजोल, शान्ति निकेतन मा.वि., बसन्तपुर, महेन्द्र भवन आवसीय मा. वि., ज्ञानेश्वर र पद्मोदय मा.वि., पुतलीसडक गरी ६ वटा विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेका छन् । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ, ‘सिकाइका लागि यी विद्यालयमा नमूना कार्यक्रम चलाएका हौँ । यसलाई सबै विद्यालयमा पु¥याउँछौँ । सबै विद्यालयलाई हरित र सुन्दर विद्यालय बनाउँछौँ ।’


प्रदर्शनीमा विद्यार्थीहरुले आफूले गरेको कल्पनाका आधारमा विद्यालयलाई कसरी हरित विद्यालय बनाउन सकिन्छ भन्ने धारणा प्रस्तुत गरेका थिए ।
दोस्रो सत्रमा हरित विद्यालय तथा पुस्तकरहित शुक्रवारका लागि शिक्षक अभिमुखिकरण कार्यक्रम गरिएको थियो । यस सत्रमा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षक गरी ३ सय जनाको सहभागिता थियो ।

महानगरपालिकाले २१ औँ शताब्दी अनुकुल शैक्षिक क्रियाकलाप र उपलब्धीका लागि काम गरिरहेको छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘पुस्तकरहित शुक्रवार, हरित विद्यालय, सुन्दर विद्यालय यसका बिम्ब कार्यक्रम हुन् । यस्ता कार्यक्रम चलाउन तथा दिगो बनाउन महानगरपालिकाले विद्यालयहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।’

वर्तमान र भविष्यका वातावरणीय समस्याहरुसँग जुध्न विद्यार्थी, विद्यालय र सम्पूर्ण शिक्षा प्रणाली आज तयार हुनु पर्ने भएको छ । कार्यक्रममा संरक्षण संघ नेपालकी निर्देशक सञ्जीवनी योञ्जन भन्नुभयो, ‘हरित विद्यालय कार्यक्रम यसका लागि एउटा ससक्त माध्यम बन्न सक्छ । यसलाई देशव्यापी बनाउन हामी तत्पर छौँ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics