जब गाउँमा पसेर चितुवाले आक्रमण सुरु गर्‍यो…

बर्दिया - बर्दियाको गुलरिया नगरपालिका ११, गोरखचौराहा र बढैयाताल गाउँपालिकामा आइतबार दिउँसो चितुवा गाउँमा पसेर आक्रमण गर्दा आठजना घाइते भएका छन् ।

बढैयाताल गाउँपालिका ९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीय बासिन्दाले लखेटेका थिए ।

त्यस्तै चितुवाले गुलरिया ११ फरमान हजामलाई उनको घरमा पसेर आक्रमण गरेको छ ।

चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, बर्दिया निकुञ्जका कर्मचारी र प्रहरी पुगेका थिए ।

चितुवाले प्रहरी सहायक हवल्दार गमनसिंह सुनार र कर्मचारीसहित आठ जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

घाइतेहरुको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । प्रहरीका अनुसार चितुवालाई भने नियन्त्रणमा लिन सकिएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics