आजको मौसम : चिसो बढ्यो, छैन हिमपातको सम्भावना

काठमाडौं - देशभर चिसो बढ्दै गएपनि आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना भने छैन ।

पश्चिमी वायुको प्रभावले आंशिक बदली भए पनि वर्षा र हिमपात भने नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली भई भूभागमा मौसम सफा छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: सफा रहने छ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । यस्तै भोलि बुधबार देशभर आंशिक बदलीदेखि सामान्यत: सफा रहनेछ।

बिहीबार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics