आजको मौसम : वर्षा र हिमपातको सम्भावना न्यून, देशभर आंशिक बदली

काठमाडौं - देशभर चिसो बढ्दै गए आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना छैन ।

पश्चिमी वायुको आंशिक प्रभावले तापक्रम घट्नेक्रम रहे पनि वर्षा र हिमपात हुने मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा भने मौसम सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यत: मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । राति पनि देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

आगामी शुक्रबारसम्म देशभर आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले आज बिहान प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics