सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान
- नेचर खबर

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।
सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
यसैबीच बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस