नेपालभर बढ्यो चिसो, कुन स्थानको तापक्रम कति ?

काठमाडौं - देशभर तापक्रम घट्दै गएसँगै अत्यधिक चिसो बढेको छ । काठमाडौंको तापक्रम आज बिहान यो वर्षकै कम मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे अध्यावधिक गरेको विवरणअनुसार काठमाडौंको तापक्रम यो वर्षकै कम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।

यसअघि बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस मापन भएको थियो । यसअघि बुधबार काठमाडौंका न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो ।

आज बिहान सबैभन्दा कम तापक्रम जुम्लाको मापन भएको छ । हिमाली जिल्ला जुम्लामा माइनस २.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

यस्तै डडेल्धुराको ४.३, ताप्लेजुङको ५.६ र दिपायलको ५.५ तापक्रम मापन भएको छ । सबैभन्दा बढी तापक्रम विराटनगरको मापन भएको छ ।

आज बिहान विराटनगरको तापक्रम १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आगामी तीन मौसम सामान्य रहने महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातको सम्भावना नभए पनि केही दिनयतादेखि देशभर चिसो बढ्दै गएको छ ।

अत्यधिक चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics