मकुना र ध्रुवे ‘बदमास’ भए, निकुञ्ज भन्छ, ‘सजग रहनु’

चितवन – चितवन राष्ट्रिय निकुञ्जले एक्लै हिँड्ने जंगली भाले हात्ती मकुना र ‘ध्रुवे’बाट सजग रहन स्थानीयलाई आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मकुना चितवनको पूर्वी भेक कुमरोज, सौराहा क्षेत्रमा र ‘ध्रुवे’ चितवनको पश्चिमी भेक जगतपुर, मेघौली तथा माडी आसपासमा देखिएको छ ।

निकुञ्जले हात्ती देखापरे नजिकको प्रहरी कार्यालय वा निकुञ्ज प्रशासनमा तत्काल खबर गर्न र आफैं नधपाउन आग्रह गरेको छ । ‘ध्रुवे’ नाम गरेको जंगली हात्ती २०६६ सालतिर चितवन निकुञ्ज र यस आसपासमा देखा पर्न थालेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics