४८ वटा नेपाल जत्रो संसारकै विशाल जंगलको ६ रहस्य

काठमाडाैं - विश्वको सबभन्दा ठूलो जंगल हाे अमेजोन । दक्षिणपश्चिम ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा फैलिएको यस जङ्गलबाटै संसारभरका जीवात्माका लागि २० प्रतिशत अक्सिजन उत्पादन गर्छ ।

विश्वको सबभन्दा ठूलो जैवीक विविधता तथा सबभन्दा ठूलो नदी रहेको जङ्गलका अनौठा ६ तथ्य यस्ता छन् :

१. विश्वको सबभन्दा ठूलो याे जङ्गलको अधिकांश क्षेत्रफल ब्राजिलको भूभागमा पर्छ । ७० लाख वर्ग किलोमिटर क्षेत्रफलमध्ये ६० प्रतिशत ब्राजिलको भूभागमा छ । यो दक्षिण अमेरिकाका ९ वटा देशमा फैलिएको छ । दक्षिण अमेरिकी मुलुक पेरुमा १३ प्रतिशत, कोलम्बियामा १० प्रतिशत र अरू बाँकी जङ्गल भेनेजुएला, इक्वेडोर, बोलिभिया, गुयना, सुरिनाम र फ्रेन्च गुयनाको भूभागमा पर्छ ।

२. अमेजोन जङ्गलको क्षेत्रफल नेपालजस्ता करिब ४८ वटा देश बराबर हो । यसभित्र कोही प्रवेश गरेमा फर्किन लगभग असम्भव छ ।

४. साहारा मरुभूमिको अधिकांश धुलो ग्रहण गर्ने क्षमता यो जंगलले राख्छ । विश्वको सबभन्दा ठूलो साहारा मरुभूमिको ५६ प्रतिशत धुलो अमेजोन जङ्गलले सोस्ने गरेको छ ।

जङ्गलले धुलोबाट बिरुवालाई आवश्यक पर्ने फस्फोरस ग्रहण गर्ने गरेको छ । नासाको उपग्रहले गरेको मापनअनुसार हरेक वर्ष १ सय ८२ टन धुलो २ हजार ६ सय किलोमिटर दूरी पार गरी अमेजोनले साहाराबाट ग्रहण गर्ने गरेको छ । धुलोले एटलान्टिक सागरको माथि भएर उक्त दूरी पार गर्छ ।

५. यस जङ्गलभित्र एक अनौठो नदी छ । ‘बोइलिङ रिभर’ भनेर चिनिने उक्त नदीको तापक्रम ४९ देखि करिब ९४ डिग्री सेल्सियससम्म छ । यसको गहिराई १६ फिटसम्म छ ।

यस नदीभित्र कुनै पनि जीव जीवित रहन सक्दैन । कुनै जीव पानीभित्र खसेमा केही समयभित्रै त्यसको मृत्यु हुन्छ । साथै यसको किनारको बालुवा पनि अत्यन्तै तातो छ । त्यसैले त्यहाँ हिँड्न मुस्किल हुन्छ ।

यस नदीका बारे तथ्य प्राप्त नहुन्जेलसम्म यो एक मिथकका रूपमा कथा भनिन्थ्यो । भू–वैज्ञानिक आन्द्रेस रुजोले आफ्ना हजुरबुवाबाट यसबारे सुनेका थिए । तर जब उनी १२ वर्षका भए तब यो साँच्चिकै अस्तित्वमा छ भन्ने उनलाई लाग्यो । त्यसपछि उनले सानैमा सुनेको कथाका बारे अनुसन्धान गर्न लागिपरे र अन्ततः विशाल अमेजोन जङ्गलभित्र रहेको तथ्य पत्ता लगाए ।

६. पानीको बहाबका हिसाबले संसारको सबभन्दा ठूलो अमेजोन नदी पनि यहीँ पर्छ । यस नदीको बहाब करिब २ लाख ९ हजार घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

यस नदीमा ३ हजारभन्दा बढी माछाका प्रजाति रहने वैज्ञानिकहरूको भनाइ छ । यो नदी पौडिएर पार गर्न करिब ६६ दिन लाग्ने बताइएको छ । सन् २००७ मा मार्टिन स्ट्रेल नाम गरेका एक व्यक्तिले पौडिएर नदी पार गरेका थिए । उनी हरेक दिन १० घण्टाका दरले पौडिएर ६६ दिनमा नदी पार गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics