आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं - हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ।

भोलि (सोमबार) कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics