मकवानपुरमा पनि हात्ती आक्रामक, कान्छीमाया घाइते

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर–७ बिजौनामा जंगली हात्तीको आक्रमणबाट गए राति एक महिला घाइते भएकी छन् ।

हात्तीको आक्रमणमा परी ५१ वर्षीया कान्छीमाया तामाङ घाइते भएकी हुन् । तामाङको ढाडमा गम्भीर चोट लागेको छ ।

बेहोश अवस्थामा उनलाई राति नै उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सेना, सशस्त्र प्रहरी, प्रहरी र निकुञ्जका कर्मचारीहरुले राति नै हात्तीलाई निकुञ्ज क्षेत्रतर्फ पठाएका छन् । पुस यता मनहरी गाउँपालिकामा मात्रै जंगली हात्तीले स्थानीयको ३ वटा घरसमेत भत्काइसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics