शौच गर्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

पर्सा – पर्सामा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका– २ थरुहटी गाउँका ३२ वर्षीय मनोज राउतको मृत्यु भएको हो ।

गाउँभन्दा करिब दुई सय मिटर उत्तर जंगलको खाली जग्गामा शौच गर्न गएका उनी सोमबार बिहान मृत फेला परेका थिए ।

आइतबार राति शौच गर्न गाउँनजिकको जंगलमा गएका ढागड बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

राति घर नफर्किएपछि सोमबार बिहान खोज्न निस्किएकाहरूले रगत र मोबाइल देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए । घटनास्थलमा शव जाँच मुचुल्का बनाएपछि पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics