आजको मौसम : मौसमी प्रणाली नहुँदा वर्षा र हिमपातको सम्भावना कम

काठमाडौं - नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले वर्षा र हिमपातको सम्भावना छैन ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ। तराईका थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

भोलि (बुधबार) पनि केही भूभागमा आंशिक बदली रहनेछ भने सामान्यत: मौसम सफा रहने छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ भने बाँकी भूभागमा मौसम सफा रहनेछ।

आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना नरहे पनि देशभर चिसो भने बढिरहेको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics