‘२०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने’

काठमाडौं - सरकारले २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने भएको छ ।

वर्तमान सकारको १ वर्ष पुगेको अवसारमा प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै आागमी कृषिमा लगानी दशक घोषणा गर्ने तयारी भएको बताए ।

‘खाद्यान्न प्रणाली र कृषि क्षेत्रको रुपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१–९१ घोषणा गर्ने सरकारको तयारी छ,’ उनले भने, ‘कृषिमा राज्यको लगानी घटेको छैन तर, उत्पादकत्व बढेको पनि छैन । यसमा सुधार गर्न जरुरी छ ।’

उनले सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्‍याइ कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा मल वितरण सुरु गर्ने बताए ।

‘प्रमुख तरकारी तथा खाद्यान्नमा उत्पादनमा आधारित अनुदान लागु गरिंदैछ । दूध किसानको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ,’ उनले भने ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics