कोशी, बागमती र गण्डकीको हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- नेचर खबर

काठमाडौं - आंशिक बदली भई आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको हुने छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी भूभागको मौसम भने सफा रहनेछ । राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सफा छ।
भोलि (बिहीबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस