अझै ३ दिन छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौं - नेपालमा उल्लेखनीय मौसम नहुँदा आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहनेछ।

भोलि (शुक्रबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

शनिबार पनि देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहनेछ । आगामी तीन दिन उल्लेखनीय मौसम नहुँदा वर्षा र हिमपात नभए पनि देशभरको तापक्रम चिसो रहने भएकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics