यस्तो छ आज देशभरको मौसम

काठमाडौं - हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू-भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ ।

आज दिउसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics