आजको मौसम : तराईमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं - आज बिहानदेखि तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ ।

आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदलीदेखि सामान्यत: मौसम सफा रहनेछ ।

महाशाखाले चिसोबाट जोगिना आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि सर्वसाधारणमा नियमित बुलेटिनमार्फत अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics