तराईमा हुस्सु, तीन प्रदेशमा हिमपातको सम्भावना
- नेचर खबर

काठमाडौं - पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले बिहान तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
भोलि (मंगलबार) आंशिक बदली भई कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक- दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।
प्रतिक्रिया दिनुहोस