कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ ।

राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक- दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

भोलि (बुधबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति आंशिक बदली भई कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक- दुई स्थानमा हिउँ पर्ने महाशाखाले जनाएको छ । बिहीबार पनि एक-दुई स्थानमा हिमपातको सम्भावना छ । महाशाखाकाअनुसार आगामी तीन दिन वर्षाको सम्भावना भने छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics