मन्त्रीको ‘गम्भिर आरोप’ वन प्रशासनले स्वीकारेको हो ?

काठमाडौँ - वन मन्त्री वीरेन्द्र महतोले मंगलबार आफ्नो कार्यकक्षमै बसेर सविच तथा उच्चपदस्थ कर्मचारी छेउमा राखेर आफ्नो निरिहता प्रकट गरे । उनका अनुहार हेर्दा लाग्थ्यो, केही आक्रोष अनि केही उनका बाध्यता थिए ।

सांसद दीपक खड्का आफ्नो रिसोर्टसम्बन्धी फाइल ४ वर्षदेखि अड्किएको भन्दै आक्रोश पोख्न मन्त्रालयमा पुग्दा छेवैमा मन्त्रालयका सचिव दिपक खराल राखेर कर्मचारीले हेपेको, सहयोग नगरेको, घुस खाएको आदी इत्यादी आरोप लगाउदै निरिहता प्रकट गरे । सचिव खराल छेउमा चुपचाप बसेका थिए । उनले त्यहाँ कुनै प्रतिक्रिया दिएनन् ।

मन्त्रीले कर्मचारीले नटेरेको र घुमाएको घुमाएकै गर्ने गरेको भन्दै अब एक्सनमा जाने कि राजीनामा दिएर हिँड्ने भन्नेबारेमा सोचिरहेको बताए । ‘मैले एक्सन लिने वा राजीनामा दिनेबारे पनि सोचिरहेको छु। कर्मचारीले टेर्दैन भने म पिट्न जानु ? उसले साइन गरेपछि मैले साइन गर्ने हो । नियम नै त्यही छ’, उनले भने ।

मन्त्रीले त्यति गम्भीर आरोप लगाउदा पनि वन प्रशासन (मूख्य गरी सचिव) ले केही प्रतिकृया दिनु पर्दैन ? मन्त्रीले भनेको फाइलमा नीति नियम वा प्रकृया नमिलेको भए मिलाउन बाटो वा प्रकृया सुझाइदिनुपर्ने हो या त त्यो निर्णय गर्न नसक्ने कारण के हो खुलस्त पारिदिुनुपर्ने हो । तर वन प्रशासन मौन छ । यसको अर्थ, मन्त्रीले लगाएका आरोप आरोप होइन, सत्य हो भन्नेतीर सिंहदरबारभित्र चर्चा चल्न थालेको छ ।

उनले आफू मन्त्रालयमा आएदेखि नै खड्काको जस्तै धेरै समस्या देखिरहेको बताए । ‘यो मेरो लागि नयाँ प्रक्रिया होइन । ६ महिनादेखि यस्तै भइरहेको छ यो मन्त्रालयमा । किन भन्दा जसले लगानी गरेको हुन्छ, अन्तिम चरणमा फाइल रोकिएपछि पीडा हुन्छ नि’, खड्काको समर्थन गर्दै उनले भने, ‘उहाँजस्तो मान्छेलाई यस्तो छ भने अरुलाई कति पीडा हुन्छ भन्ने बुझ्न जरुरी छ ।’

दवाव दिएपछि सचिवले हस्ताक्षर गरिदिने र अरुलाई चाहिँ दुख दिने प्रवृत्ति रहेको उनले बताए । ‘सचिवजी यहाँ हुनुहुन्छ, मान्यज्यू आएर प्रेसर गर्नुभयो अब उहाँले साइन गर्नुहुन्छ । तर सर्वसाधारण जनता आएको भए उहाँको कुरा नसुनिकन तपाई भोलि आउनुस् भनेर चार वर्ष लाउँछ’, उनले भने, ‘कस्तो कर्मचारीतन्त्र छ ? मन्त्रीले रुलिङ गरेको कुरा सचिवले मान्दैन । सचिवले रुलिङ गरेको कुरा विभागले मान्दैन ।’ मन्त्रालयमा को ठुलो हो भन्ने नै आफूले बुझ्न नसकेको उनले बताए । ‘यहाँ के छ भन्दा मन्त्रालयमा को ठुलो भन्ने थाहा छैन । एउटा खबरदारले टिप्पणी उठाउने क्रममा उसले हुँदैन भनेपछि सचिवले साइन गर्दैन । अब को ठुलो ? मन्त्री ठूलो कि सचिव ठूलो म कन्फ्युज छु ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics