तीन प्रदेशका केही स्थानमा हिमपातको सम्भावना
- नेचर खबर

काठमाडौं - पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
अहिले बिहान तराईका अधिकांश भूभागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो आंशिक बदली भई कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाकाअनुसार राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक- दुई स्थानमा हल्का हिमपात हुनेछ ।
भोलि (बिहीबार) कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कोशी र गण्डकीमा शुक्रबार पनि हिमपात हुनेछ । राति भने कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हिमपात हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस