कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं । आंशिक बदली भई आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यत: सफा छ ।

विभागका अनुसार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

राति आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भूभागमा मौसम सफा रहनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics