अध्ययनले भन्छ, ‘मानव हस्तक्षेपले नै हात्तीको व्यवहार आक्रामक भयो’

काठमाडौं – पछिल्लो एक अध्ययनले हात्तीको बथान वनको घाँसमा भन्दा मानव–परिवर्तन घाँसे मैदानमा लोभिएको देखाएको छ । जसको कारण मानव प्रति हात्ती आक्रामक बन्दै गएको उक्त अध्ययनको दाबी छ ।

जवाहरलाल नेहरू सेन्टर फर एडभान्स्ड साइन्टिफिक रिसर्च (जेएनसीएएसआर) ले गरेको एक नयाँ अध्ययनले हात्तीको बथानले घाँसको पहुँच भए पनि प्राकृतिक वनमा भन्दा मानव–परिवर्तन गरिएको घाँसे मैदानमा खानाको लागि धेरै प्रतिस्पर्धा गर्ने देखाएको हो ।

अन्वेषकहरूका अनुसार यी घाँसे मैदानहरूमा प्रशस्त मात्रामा खाद्यान्न उपलब्ध हुँदाहुँदै पनि यी ठूला जीवहरूबीच खानाको लागि झन्झन् झगडा हुने गरेको छ । यो घटनाक्रमले मानव गतिविधिहरूले पारिस्थितिक प्रणालीलाई प्रभाव पारिरहेको र जीवहरूको सामाजिक व्यवहारलाई पनि परिवर्तन गरेको पुष्टि गर्छ ।

जवाहरलाल नेहरू केन्द्र उन्नत वैज्ञानिक अनुसन्धान भारत सरकारको विज्ञान र प्रविधि विभागको एक स्वायत्त संस्थान हो । आफ्नो अध्ययनको क्रममा, यससँग सम्बन्धित वैज्ञानिकहरूले पोथी हात्तीहरूको समूहहरू अवस्था र उनीहरूको खाना वितरणको प्रभावहरूको जाँच गरेका थिए ।

एसियाली हात्तीहरू अन्य हात्ती भन्दा कम आक्रामक मानिन्छन् । तर, पछिल्लो समय उनीहरूको आक्रामकदर बढ्दो छ । यो हात्तीको प्राथमिक खाद्य स्रोत घाँस र बिरुवाका भागहरू हुन्, जुन कम गुणस्तर, छरिएका स्रोतहरू हुन् । तिनीहरूको फैलावट र प्रशस्त उपलब्धताको कारण, आपसी द्वन्द्वको सम्भावना कम हुन्छ । तिनीहरूको अर्को विशेष भनेको बथानलाई आवश्यक पर्दा साना समूहहरूमा विभाजन गर्न सक्छन् र जसले गर्दा स्थिति नियन्त्रणमा रहन्छ ।

एसियाली हात्तीहरूमा ठूला विशेष समूहहरू हुन्छन् जहाँ पोथी हात्तीहरूले बथानको नेतृत्व गर्छन् । जबकि भाले भने प्रायः एक्लै बस्न रुचाउँछन् । तिनीहरूको सबैभन्दा ठूलो परिवार समूहलाई गोत्र भनिन्छ । जुन ठूलो परिवार जस्तै छ । जबकि ठूलो समूहका सदस्यहरू साना समूहहरूमा सामेल हुन सक्छन् । यस्तो अवस्थामा उनीहरूको समूह र सदस्यहरूको आकार केही घण्टामै परिवर्तन हुन सक्छ । जसले उनीहरूको सामाजिक जीवनलाई रोचक बनाउँछ ।

साधन–स्रोतको प्रचुरता हुँदाहुँदै पनि द्वन्द्व किन बढ्दै छ ?
यस अध्ययनमा डा हंसराज गौतम र प्राध्यापक टीएनसी विद्याले सन् २००९ देखि काबिनी हात्ती परियोजनाअन्तर्गत संकलन गरिएका हात्तीहरूको व्यवहारसम्बन्धी जानकारीको विश्लेषण गरेका थिए । यस अवधिमा तिनीहरूले व्यक्तिगत हात्तीहरूको व्यवहार अवलोकन गरे र हात्तीको कुलमा शत्रुतापूर्ण विवाद (एगोनिज्म) र विभिन्न समूहहरू बीचको द्वन्द्व (एगोनिस्टिक मुठभेड) अवस्थित छ कि छैन भनेर अनुसन्धान गरे ।

अनुसन्धानका अनुसार त्यहाँ कति घाँस छ भन्ने कुरामा भर पर्छ । कति क्षेत्रफलमा घाँस फैलिएको छ र समूहमा कति हात्ती छन् । अध्ययनका क्रममा अन्वेषकहरूले काबिनी घाँसे मैदान र नजिकैको जंगलमा रहेका हात्तीहरूको व्यवहारको अध्ययन गरेका छन् । यसले देखाएको छ कि हात्तीका बथानहरू जंगलमा भन्दा घाँसे मैदानहरूमा एकअर्कासँग धेरै प्रतिस्पर्धा गर्छन्, जहाँ प्रशस्त खाना हुन्छ । अनुसन्धानका अनुसार, जहाँ प्रचुर मात्रामा खाना हुन्छ, जुन समूह वा व्यक्तिको एकाधिकार हुन सक्छ, हात्तीहरू आपसमा लड्ने सम्भावना बढी हुन्छ ।

रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित यस अध्ययनको नतिजा अनुसार स्रोतको उपलब्धता बढाउँदा सोचेभन्दा विपरीत असर पर्न सक्छ । यो चाखलाग्दो छ । किनभने अधिक आहारले सधैं हामीले सोचेको भन्दा राम्रो बनाउँदैन ।

पछिल्लो समय मानव गतिविधिहरूको कारण जीवहरूको प्राकृतिक वासस्थानमा परिवर्तनहरूसँग सम्बन्धित छन् । यदि हेर्ने हो भने, हामी मानवहरूले यस्ता परिवर्तनहरू गर्दैछौं जसले यी जीवहरूको सँगै बस्ने तरिका र व्यवहारलाई असर गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics