हिमाली भेकमा हल्का हिमपात, तराईमा हुस्सु र कुहिरो
- नेचर खबर
काठमाडौं - आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
अहिले तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ ।
तराई भू-भागका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने पनि महाशाखाले अनुमान गरेको छ । यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्नसमेत आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस