हिमाली क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सुसँगै कठ्यांग्रिने जाडो

काठमाडौं - पश्चिमी वायुको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

हिउँदे वर्षा हुन ढिलाइ भए पनि जाडो भने बढ्दै गएको छ । तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा मध्याह्नसम्ममा क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ । चिसोबाट बच्न महाशाखाले आवश्यक उपाय तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भोलि (सोमबार) कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम पूर्ण सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै आगामी मंगलबार पनि वर्षाको कुनै सम्भावना छैन । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपात भने हुने महाशाखाको पूर्वानुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics