भारतमा १ वर्षमा मारिए २०४ बाघ, मृत्युको कारण भने अनेक

भारतमा १ वर्षमा मारिए २०४ बाघ, मृत्युको कारण भने अनेकभारतमा १ वर्षमा मारिए २०४ बाघ, मृत्युको कारण भने अनेकभारतमा १ वर्षमा मारिए २०४ बाघ, मृत्युको कारण भने अनेक

काठमाडौं – सन् २०२३ मा मात्रै भारतमा २०४ वटा बाघ मारिएका छन् । वाइल्डलाइफ प्रोटेक्शन सोसाइटी अफ इन्डियाको एक रिपोर्टका अनुसार सबैभन्दा बढी ५२ बाघ महाराष्ट्रमा मरेका छन् । यो गत वर्षको जनवरी १ देखि डिसेम्बर २५ सम्मको तथ्यांक हो । रिपोर्ट सार्वजनिक गर्ने वाइल्डलाइफ प्रोटेक्शन सोसाइटी अफ इन्डिया एक गैर–लाभकारी संस्था हो ।

रिपोर्ट अनुसार महाराष्ट्रपछि दोस्रो स्थानमा मध्य प्रदेश छ, जहाँ ४५ बाघ मरेका छन् । मध्य प्रदेशमा सबैभन्दा धेरै बाघ पाइन्छ । यस्तै उत्तराखण्डमा २६ बाघ मारिएका छन् । यो धेरै बाघ मारिएको तेस्रो स्थान हो ।

तमिलनाडु र केरलामा १५–१५ बाघ मरेका छन् । मध्य प्रदेश पछि देशमा बाघको दोस्रो ठूलो संख्या भएको कर्नाटकमा १३ वटा मारिए भने असम र राजस्थानमा १०–१० वटा मारिएका छन् ।

सार्वजनिक तथ्यांक अनुसार उत्तर प्रदेशमा ७ बाघको मृत्यु भएको छ । बिहार र छत्तीसगढमा तीन–तीन बाघको मृत्यु भएको छ भने ओडिशा र आन्द्र प्रदेशमा दुई–दुई बाघको मृत्यु भएको छ । तेलंगानाले २०२३ मा एउटा बाघको मृत्यु रेकर्ड गरेको थियो । केही मिडिया रिपोर्टहरूमा, यो वर्षको मृत्यु एक दशकमा सबैभन्दा बढी भएको वर्णन गरिएको छ ।

बाघको मृत्युको कारण भने फरकफरक छन् । डब्ल्यूपीएसआईले संकलन गरेको तथ्यांकअनुसार ‘प्राकृतिक र अन्य कारणले’ ७९ बाघको मृत्यु भएको हो । यसपछि अवैध शिकारका कारण ५५ वटा बाघको मृत्यु भएको थियो । यसपछि, झगडाले ४६ बाघको मृत्यु भयो ।

त्यसैगरी उद्धार वा उपचारका क्रममा १४ बाघको मृत्यु भएको छ । रेल वा सडक दुर्घटनाका कारण सात बाघको मृत्यु भएको छ । दुईवटा बाघलाई अन्य प्रजातिले मारेको थियो भने एउटालाई वन विभाग÷प्रहरीले गोली हानेर वा गाउँलेहरूले मारेका थिए ।

अप्रिल ९, २०२३ मा जारी गरिएको अखिल भारतीय बाघ अनुमान को पाँचौं चक्र अनुसार, २०१८ देखि २०२२ सम्म भारतमा बाघको संख्या २०० ले बढ्ने प्रक्षेपण गरिएको थियो । रिपोर्टका अनुसार भारतमा २०२२ मा ३,१६७ बाघ रहेको थियो, जुन २०१८ मा २,९६७ थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics