पहाडी भूभागमा आंशिक बदली, तराईका केही स्थानमा हुस्सु/कुहिरो

काठमाडौं - पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

भोलि (मंगलबार) गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाकाअनुसार राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा अपरान्हसम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने उल्लेख गर्दै महाशाखाले आवश्यक उपाय र सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics