कोशी, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौं - गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । साथै तराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी स्थानको मौसम सफा रहनेछ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

भोलि (बुधबार) कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। बिहीबार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सफा रहनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics