जनावरको आक्रमणमा मारिने क्रम १९ प्रतिशतले बढ्यो, महिला भन्दा पुरुष बढी मारिए

काठमाडौं – एक अध्ययनले पछिल्लो समय जनावरको आक्रमणमा मानिसहरू मारिने वा घाइते हुनेको संख्या १९ प्रतिशतले बढेको जनाएको छ ।

भारतको राष्ट्रिय अपराध अभिलेख ब्यूरोले आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२१ को तुलनामा २०२२ मा जनावरको आक्रमणमा मारिने वा घाइते हुनेको संख्या १९ प्रतिशतले बढेको बताएको छ ।

केन्द्र सरकारले डिसेम्बर ४, २०२३ मा जारी गरेको ‘क्राइम इन इन्डिया २०२२’ प्रतिवेदनलाई उद्धृत गर्दै सन् २०२१ मा १ हजार २६४ जनाभन्दा बढी जनावरको आक्रमणमा घाइते वा मारिएको खुलासा भएको छ । जहाँ सन् २०२२ मा यो संख्या १९ प्रतिशतले बढेर १ हजार ५१० पुगेको छ ।

विश्लेषणले जनावरबाट मारिएका वा घाइते हुनेमध्ये पुरुषको संख्या १ हजार २०५ र महिलाको संख्या ३०५ रहेको देखाएको छ । प्रतिवेदनका अनुसार मृत्यु हुनेमा अधिकांश ४५ देखि ६० वर्ष उमेर समूहका व्यक्ति थिए जसमा ३७८ पुरुष र १०६ महिला रहेका छन् । त्यसपछि ३० देखि ४५ वर्ष उमेर समूहका मृत्यु हुनेको संख्या ४३७ पुगेको छ जसमा ३५६ पुरुष र ८१ महिला थिए ।

प्रतिवेदन अनुसार जनावर, सरीसृप र कीराले टोक्ने संख्या पनि १६.७ प्रतिशतले बढेको छ, २०२१ मा ८९७ बाट २०२२ मा १,०७७ पुगेको छ । जसमध्ये ७ सय ६८ पुरुष र २९९ महिला पीडित भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics