अझै केही दिन वर्षा र हिमपात नहुने, तराईमा हुस्सु

काठमाडौं - देशभर चिसो बढे पनि अझै केही दिन वर्षा र हिमपातको सम्भावना छैन ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आगामी तीन दिन (शुक्रबार) सम्म वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र अहिले बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । साथै तराईका अधिकांश भूभागमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण जाडो बढ्दा तराईको जनजीवन प्रभावित बनेको छ । पहाडी तथा उच्च पहाडी क्षेत्रमा पनि चिसो बढ्दै गएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम पूर्ण सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

महाशाखाकाअनुसार आगामी शुक्रबारसम्म देशको कुनै पनि भूभागमा वर्षा र हिमपातको सम्भावना छैन । यद्यपि देशका सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics