आजको मौसम : अझै ३ दिन हुनेछैन वर्षा र हिमपात, तराईमा हुस्सु निरन्तर

काठमाडौं - नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ भने तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

भोलि (शुक्रबार) पनि धेरै जसो स्थानको मौसम सफा रहने छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

महाशाखाले तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाएको छ । महाशाखाले शनिबार पनि वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics