आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराइमा हुस्सु
- नेचर खबर

काठमाडौं - हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै आझ राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस