तराईमा बाक्लो हुस्सु, हवाई यातायात प्रभावित हुने

काठमाडौं - देशभर जाडो बढे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण नेपालमा वर्षा र हिमपात हुन सकिरहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सफा छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहनेछ ।

राति गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।

भोलि (आइतबार) कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार भने गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics