पुराना गाडी साट्ने हो ? ‘टाटा मोटर्सफनकार्निभल ३.०’मा जानुस्
- नेचर खबर

काठमाडौं – नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फनकार्निभल ३.० कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरू साट्न सकिनेछ ।
ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरू प्रतिको रूची तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना कम्पनीले जनाएको छ । पौष २७ गते देखि पौष २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडिङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंजमा आयोजना भइरहेको छ ।
फनकार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रूपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज,सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् ।
यस कार्यक्रमको अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै, यस कार्यक्रममा सहभागीभई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस