आजदेखि पुनः काठमाडौंमा आउँदैछ मेलम्चीको पानी, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं - मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकामा पुनः वितरण गरिने भएको छ । मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण ७ महिनाअघि पानी ल्याउन बन्द गरिएको थियो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने कार्यक्रम छ ।

खानेपानी मन्त्रालयका अनुसार आज मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण गरिनेछ । क्रमिक रूपमा खुमलटार, बालाजुलगायत क्षेत्रका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने तयारी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics