उपत्यकामा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं - मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकामा पुनः वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान सिंहदरबारमा खानेपानी पुन: वितरणको उद्घाटन गरेका हुन् ।

मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण ७ महिनाअघि पानी ल्याउन बन्द गरिएको थियो । खानेपानी मन्त्रालयका अनुसार आज मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण गरिएको छ ।



त्यसपछि क्रमिक रुपमा खुमलटार, बालाजुलगायत क्षेत्रका खानेपानी भण्डारण केन्द्रमा भरेर पानी वितरण गरिनेछ ।

वर्षौंदेखि प्रतीक्षा बनेको मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते काठमाडौंका बासिन्दाको धारामा झरेको थियो ।

त्यसयता कहिले निर्माणको काम नसकिएको, पाइप फुटेको भन्दै वितरण प्रभावित भएको थियो । २०७८ मा मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान नै थुनिएपछि पानी वितरण पुन: बन्द भएको थियो ।



आजसहित पाँचपटक उद्घाटन भइसकेको पानी वितरण भने अझै नियमित छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics