तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो, केही स्थानमा वर्षाको संभावना

काठमाडौं - अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सफा रहने महाशाखाको अनुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics