कालिन्चोकसहित दोलखाका विभिन्न ठाउँमा हिमपात र हिउँदे वर्षा
- नेचर खबर

दोलखा - दोलखामा हिमपात र हिउँदे वर्षा भएको छ ।
दोलखाको कालिन्चोक, सैलुङ, बेदिङलगायतका ठाउँमा हिजाे दिउँसोबाट हिमपात भएको हो । यस्तै केही क्षेत्रमा हिउँदे वर्षा पनि भएको छ ।
आलु लगाउने तयारीमा रहेका किसान हिमपात भएपछि बारीमा चिस्यान पुग्ने भएकाले खुसी देखिएका छन् ।
यस्तै गहुँमा हिउँदे वर्षाले केही भेगमा सिञ्चितसमेत भएको छ ।
प्रतिक्रिया दिनुहोस