पाथीभरामा प्रयोगमा आयो वाकिटकि सञ्चार सेट, कसरी हुन्छ काम ?

ताप्लेजुङ – ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरामा क्षेत्रका कतिपय स्थानमा मोबाईल फोनको नेटवर्क नआउने भएपछि वाकिटकि सञ्चार सेट प्रयोगमा ल्याइएको छ ।

यसले पाथीभरा क्षेत्रमा कार्यरत कर्मचारी र सदरमुकाममा रहेको कार्यालयबीचमा सहज सञ्चार र समन्वय हुने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।

वाटिटकि सञ्चारले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने अध्यक्ष थेबे बताउँछन् ।

पाथीभरा क्षेत्रमा भक्तजनको गणना गर्ने, स्वास्थ्यकर्मी, सरसफाई गर्ने, पुजाआजा व्यवस्थापन गर्ने, भेटीघाटी व्यवस्थापन गर्ने लगायतका कर्मचारी खटिएकाछन् भने सदरमुकामको कार्यालयमा पनि कर्मचारी सहित पदाधिकारी बस्छन् ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार उक्त वाकिटकि सहित बेस स्टेशनका लागि लाइसेन्स लिने लगायतका सबै कानुनी प्रकृया पुरा गरी टावर जडान गरेर प्रयोगमा आएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics