पाथीभरामा केबलकार निर्माणमा विवाद, बार्ता गर्न बन्यो समिति

ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर भइरहेको विवाद समाधान गर्न बार्ता समिति गठन गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा नौं सदसिय समिति गठन गरेको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न निर्णय गरेको र त्यस मध्ये एक प्रमुख निर्णय बार्ता समिति गठन पनि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

गठित बार्ता समितिका सदस्यहरूमा क्रमश फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका प्रमुख केशरकुमार मेन्याङवो, सिरिजंघा गाउँपालिका प्रमुख लालकृष्ण चौहान, फक्ताङलुङ गाउँपालिका प्रमुख राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे, ताप्लेजुङ उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारायण थापा पाथीभरा मुक्कुमलुङ केवलकार प्रालिका सदस्य सचिव रुद्र पौडेल रहेका छन् ।

‘केबलकारको सबै सरकारी कागजी प्रकृया पुरा भई निर्माणको चरणमा रहेको अवस्थामा मुक्कुमलुङ संयुक्त संर्घष समिति र केबलकार खारेजी संघर्ष समितिको नामबाट विरोध भई आन्दोलनरत रहेकोले निर्माण कार्यमा अवरोध भएको हुँदा केबलकार निर्माणको लागि संघर्ष समितिसंग आवश्यक सहजिकरण गरि वार्ता मार्फत समस्या सामाधान गर्नका लागि जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको संयोजकत्वमा ५ सदस्सीय वार्ता टोलि गठन गर्ने निर्णय गरियो,’ बैठकको निर्णयमा भनिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics