शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर राखिएको छ ।

यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् ।

यसैगरी सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नामसहित राखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics