पहिलो पटक बर्ड फ्लुका कारण पोलार बियरको मृत्यु

काठमाडौँ - बर्ड फ्लु संक्रमणका कारण एउटा पोलार बियर अर्थात् धु्रवीय सेतो भालुको मृत्यु भएको छ । मृत्यु भएको भालु उत्तरी अलस्काको हो ।

बर्ड फुलुको संक्रमणका कारण पोलार बियरको मृत्यु भएको यो पहिलो घटना हो । यो सबै जलवायु परिवर्तनको असर भएको बताइएको छ । यसकै कारण भाइरस धुव्रीय क्षेत्रमा पुगेको हो ।

केही दिनअघि भालुमा बर्ड फ्लुको लक्षण देखिएको थियो । अन्य जीवमा पनि बर्ड फ्लु सरेको त छैन भनेर वैज्ञानिकहरु अध्ययन गर्नतिर लागेका छन् ।

अहिलेसम्म एन५एन१ इन्फ्लुएन्जाको केही प्रकार अलग अलग जीवलाई संक्रमित गरिरहेको थियो । यसरी संक्रमित हुने जीवनमा स्याल, सी लायन, सिल आदि थिए । अन्टार्टिकामा सिलमा पनि पहिलो पटक बर्ड फ्लुको संक्रमण पाइएको थियो । तर धुव्रीय भालुमा पनि संक्रमण देखिएको यो पहिलो पटक हो ।

स्तनधारी जीवनहरुमा पनि बर्ड फुल् भेटिएको छ । यसका कारण ठूलो संख्यामा जीवको मृत्यु भइरहेको छ । जीवनको फरक फरक प्रजातिमा यो रोगको बिमारीको लाण फरक फरक देखिएको छ ।

वैज्ञानिकहरुका अनुसार बसाई सरेर अलास्का पुगेको संक्रमित पंक्षीको शिकार स्याल वा सिलले गरेको र त्यसलाई मारेर खाएकोले वा मृत शरीरलाई छोएकै कारण भालुमा संक्रमण सरेको हुन सक्छ । भालुको अध्ययन गर्दा उसले संक्रमित जीवनको मृत शरीरलाई खाएको हुन सक्ने देखिएको छ ।

इन्फ्लुएन्जा भाइरसले आफ्नो स्वरुपलाई तीव्रताका साथ बदल्छ । अलग–अलग प्रजातिको जीवमा पसेर यो भाइरसले आफूभित्र परिवर्तन गर्छ र अर्को बलियो स्ट्रेन बनाउँछ ।

इन्फ्लुएन्जा भाइरस तीव्र गतिमा फैलिनुको कारण पनि यही हो । यसका कारण लामो समयसम्म संक्रमण फैलिरहन्छ । बर्ड फ्लुको असर कुन कुन जीवनमा परेको छ भनेर वैज्ञानिकहरुले लगातार समुद्री जीवनको अध्ययन गरिरहेका छन् । भाइरसले मान्छेलाई पनि संक्रमित गर्ने हो कि भन्ने चिन्तामा यतिबेला वैज्ञानिकहरु छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics